१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

भृकुटीमण्डपमा घन्किँदै छ ‘नेपथ्य’

भृकुटीमण्डपमा घन्किँदै छ ‘नेपथ्य’
अ अ+ अ-

विद्यालय भवन निर्माण गर्न सहयोग

काठमाडौं । नेपाली लोकपप ‘नेपथ्य ब्यान्ड’का सदस्यहरू बुधबार कन्सर्टको अभ्यासमा व्यस्त देखिन्थे । उनीहरूले स्कुल पुनर्निर्माणका लागि आर्थिक संकलन गर्न काठमाडौंको भृकुटीमण्डपमा यही शनिबार लाइभ कन्सर्ट गर्दै छन् । सोही अभियानका लागि उनीहरू कन्सर्टको अभ्यासमा व्यस्त भएका हुन् । दोलखा भीमेश्वर नगरपालिका–२ को राजकुलेश्वर प्राथमिक विद्यालयको भवन २०७२ को भूकम्पले लडेको थियो । त्यसपछि त्यहाँका विद्यार्थीहरू अस्थायी भवन र चौरमा पढ्न बाध्य छन् । सो भवन निर्माणका लागि हेल्प नेपालले रकम जुटाउँदै आएको थियो ।

तैपनि रकम नपुगेपछि यसपटक सो विद्यालय भवन निर्माणको हेल्प नेपालको सहकार्यमा नेपथ्यले १६ फागुनमा कन्सर्ट गर्न लागेको हो । ‘उत्कृष्ट शिक्षाका लागि उत्कृष्ट पूर्वाधार’ नारासहित यो कन्सर्ट गर्न लागेको नेपथ्य समूहका गायक अमृत गुरुङले बताए । ‘राजकुलेश्वर आधारभूत सरकारी पाठशालाईका विद्यार्थीहरू अहिले पनि टहरामै बसेर अध्यन गर्न बाध्य छन् । भूकम्पको बेला हामी सबै नेपालीहरू स्वतःस्फूर्त रूपमा सहयोगका लागि जसरी एकजुट भएका थियौं । त्यस्तै, सहयोग आज पनि खाँचो रहेकोले कन्सर्ट गर्न लागेका हौं,’ गायक अमृतले भने ।

त्यस्तै, हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले यो कन्सर्टको पैसा स्कुल निर्माणमा जाने भएकाले कन्सर्टमा टिकट लिएर सहभागी हुन संगीतप्रेमीहरूलाई आह्वान गरेका छन् । कार्यक्रममा नेपथ्य समूहले आफ्ना चर्चित डेढ दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्नेछन् । राजधानी दैनिक