२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो दुर्घटना हुँदा ११ जना घाइते



अ+ अ-

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडाको भित्री सडकखण्डमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

झ्याउपोखरीबाट तुकेतर्फ जाँदै गरेको मे१ज २०६६ नम्बरको बोलेरो ब्रेक फेल भई आज करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

दुर्घटनाबारे जानकारी पाएपछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बोलेरोमा चालकसहित ११ जना सवार रहेको खुलेको छ । चालक मोहन तामाङलाई सामान्य चोट लागेको छ ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र सक्कलसहित भएको पुष्टि भएको छ । घाइतेहरूलाई जिल्ला अस्पलात सङ्खुवासभा उपचारका लागि ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार चालक मोहन तामाङको टाउकोमा सामान्य चोट लागेको छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । खेमराज श्रेष्ठ, तेन्जिङ भोटे, अङ्कित चौधरी, रित्तेक्चुक भोटे, सङ्गीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बू र विष्णु ढकाल घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । रासस