२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर



अ+ अ-

ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अधिकार र दायित्वको समुचित प्रयोग र परिपालनाबाट मात्रै मानव अधिकारमैत्री समाजको निर्माण हुनसक्ने बताउनुभएको छ ।

७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले समसामयिक मानव अधिकारका सवाल, जलवायु परिवर्तन, भ्रष्टाचार र मानव अधिकारजस्ता विषयलाई प्राथमिकतामा राखी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“नेपालको मानव अधिकारको कुरा गर्दा सङ्क्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन, १० वर्षे सशस्त्र द्वन्द्रको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितको न्यायपरिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय भएको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई यथाशीघ्र निष्कर्षमा पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सुशासन, सामाजिक न्याय, जवाफदेहिता र नवपुस्ताको मागलाई सम्बोधन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष एवं १७औँ मानव अधिकार महाभेला २०८२ का संयोजक शोभा विसीले विधिको शासन र मानव अधिकारको रक्षाका लागि क्रियाशील रहेर सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जेनजी आन्दोलनले देशको अस्तित्व, संविधान र लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्नुभयो ।

समारोहमा सरोकारवालाहरुले समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी सुव्यवस्थित शासन व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका थिए । रासस




भर्खरै