२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित आठ जना पक्राउ



अ+ अ-

चितवन। लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ४ बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय आज साँझ सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेडा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी,  २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय सरोज तामाङ, वडा नं १७ का २४ वर्षीय बसन नेपाली, वडा नं २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनोज विक र ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने २३ वर्षीया आइषा खातुन पनि पक्राउ परेका छन् । उनीहरूका साथबाट १४२ दशमलव ६८ ग्राम खैरो हिरोइन पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।रासस