९ श्रावण २०८३, शनिबार
,
Latest
डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रीमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेल्ने भएको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । भोलि हुने उक्त खेलमा लुम्बिनीले फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँग खेल्नेछ ।

पराजित काठमाण्डुको यात्रा भने यहीँ सकिएको छ । यता, सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

११२ रनको सामान्य लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि डार्सी शर्टले ३३, सन्दीप जोराले २३, रोहित पौडेलले १८, निरोशन डिकवेलाले १४ रन बनाए ।

बलिङतर्फ काठमाण्डुका सन्तोष यादवले दुई तथा सन्नी पटेल, शाहब आलम र राशिद खानले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९.१ ओभरमा १११ रनमै अलआउट भयो ।

काठमाण्डुका कोही ब्याट्सम्यान चल्न सकेनन् । सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा मोहम्मद आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाए । यस्तै, भीम सार्कीले १४, करण केसीले ९, सन्नी पटेलले ७, बेन चार्लस्वर्थले ४, मिलिन्द कुमारले २ तथा आकाश त्रिपाठीले १ रनमात्रै बनाए ।

काठमाण्डुको इनिङ्स तहसनहस पार्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन–तीन विकेट लिए भने रुवेन ट्रम्पलमानले दुई तथा अभिशेष गौतमले एक विकेट लिए ।