२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ



अ+ अ-

सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मङ्गलबार मध्याह्न १२ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बिआर ३२ एडब्लु –८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक शर्माका अनुसार उक्त स्कुटी चलाइरहेका बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ । उहाँका अनुसार, बरियारपट्टी क्षेत्रमा केही दिनदेखि निगरानी बढाइएपछि जाँच कडा पारिएको थियो ।

सोही क्रममा महतोलाई रोकिएको र डिकी खोल्दा ठूलो परिमाणको नगद भेटिएको हो । पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसैसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।रासस