१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरुले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो । मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसहरु कार्यान्वयनका लागि नेपाल सरकार प्रतिवद्ध रहेको छ । संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकायहरुले मानव अधिकारको संरक्षण, सम्वद्र्धनमा खेलेको भूमिका अतुलनीय रहेको छ । यसका निम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु । मानव अधिकारको संरक्षणका लागि नेपाल सरकारले गरिरहेका प्रयासहरुमा सहयोग गर्न र यस सन्दर्भमा देखिएका कमीकमजोरीहरुको सुधारका लागि रचनात्मक सुझावसहित सरकारसँग सहकार्य गर्न म सम्पूर्ण मानव अधिकारकर्मीहरु तथा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरु सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’

मन्त्री सिन्हाले सत्य तथा निरुपण आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकार लागि परेको बताउनु भयो ।




भर्खरै