काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताउनु भयो । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उहाँको भनाई छ । उहाँले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताउनु भयो ।
संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उहाँको भनाई छ । देशमा संकट छ भने यो संकटको पछाडीको कारण के हो ? यसको पछाडीको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समिक्षा गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले वर्तमान संकटको सामना गर्नको लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताउनु भयो । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उहाँको भनाई छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उहाँले बताउनु भयो । उहाँले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको
परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गर्नुभयो । देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आज आम कार्यकर्ताहरु, आम जनताहरु र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको छ । आज कुनै अमुक व्यक्ति, एउटा शक्तिशाली व्यक्ति अथवा अधिकारको केन्द्रियकरण निर्णयको केन्द्रियकरण भन्दा आज सामुहिक नेतृत्व समयको माग हो । सामुहिक नेतृत्व पार्टीको आवश्यक्ता हो । अर्थात पार्टीभित्र छलफल बहस गर्दै सामुहिक ढंगले निष्कषमा पुग्ने र त्यसलाई कार्यन्वयन गर्नको लागि निर्णयलाई अपनत्व महसुस गरेर कार्यन्वयनमा एकताका साथ अगाडी बढ्ने परिस्थिति आज आवश्यक छ । यसरी नै पाटी अगाडी बढ्छ, यसरी नै पार्टी हामी अगाडी बढाउन चाहेका छौँ । देशभरबाट आउनुभएका प्रतिनिधि साथीहरु सार्वभौम हुनुहुन्छ, उहाँहरुले पार्टी भित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरु आउनुभएको छैन ।’
‘उहाँहरुले देशका चुनौतीहरुलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यामबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भुमिका खेल्नेछ । हामी यसरी नै जान्छौँ । हामीले पार्टीभित्र स्वच्छ प्रतिष्पर्धा गर्छौ, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिष्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिदैछ, संकटले परिवर्तन ल्याउने हो । संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडीको कारण के हो ? यो संकटको पछाडीको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समिक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागी हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्त्रण गर्छौं । नयाँ तागतका साथ पार्टीलाई एकतावद्ध गर्दै नयाँ उर्जाका साथ अगाडी बढ्छौँ ।’
उहाँले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गर्नुभयो । ४० वर्ष मुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनको लागी आफूहरुले पहल गर्ने उहाँको भनाई छ । उहाँले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताउनु भयो । ११ औँ महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्नेपनि उहाँको भनाई छ ।









