२४ मंसिर २०८२, बुधबार
,
Latest
रामेछापका जुनार किसानको सक्रियता बढ्यो पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै लुम्बिनीविरुद्ध टस जितेर काठमाण्डु ब्याटिङमा महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सभापति पदप्रतिको आकांक्षा सार्वजनिक गर्दै नेतृत्वप्रतिको दृष्टि पहिले नै तय भएको बताए। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित!’

१४औं महाधिवेशनमा उपसभापति पदमा पराजित भएका भण्डारी त्यसपछि मनोनयनमार्फत केन्द्रीय सदस्य बनेका थिए। हाल गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा सक्रिय भण्डारी कांग्रेसभित्र स्वच्छ छवि, प्रस्ट धारणा र वैचारिक स्पष्टताका कारण लोकप्रिय हुँदै आएका छन्।

आफ्नो पोस्टमा उनले नेतृत्व चयनमा व्यक्तिगत आकांक्षाभन्दा देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता प्रमुख हुने उल्लेख गरेका छन्। ‘जहाँ देश, जनता र संगठनको आवश्यकता उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म– जसरी आवश्यक पर्छ, त्यस्तै रूपमा अघि बढ्न तयार छु,’ उनले लेखेका छन्।

भण्डारी कांग्रेसभित्र शेखर कोइराला पक्षसँग नजिक मानिए पनि उनले हाल शेखर–गगन समूह वा देउवा पक्ष— कुन समूहसँग उभिने भन्ने खुलाउने अवस्था अझै आएको छैन।