१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताउनुभएको छ ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताउनु भयो । १० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नारा विपरित कार्यहरु भएको उहाँको भनाई छ । २०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उहाँले बताउनु भयो । सरकार निर्माणमा पनि न्युनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, काँग्रेस, माओवादी, मधेसवादी, रास्वपा सबैसँग मिलेर बनाएको उल्लेख गर्नुभयो । सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उहाँको भनाई छ । उहाँले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१० औँ महाधिवेशनले मूल नारा दिएको थियो, दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ । तर यसबीचमा २०७९ को निर्वाचन हेर्दा हामीले राप्रपा, जसले संवैधानिक राजसंस्थालाई मूल्य र मान्यता ठान्दछ, उसको औपचारिक घोषणामा उल्लेख गर्दछ । राप्रपासँग मिलेर समेत निर्वाचन प्रयोजनको लागि गठबन्धन गर्ने जस्तो एउटा अवसरवाद हामीले देखायौँ । सरकार निर्माण गर्दा एउटा न्युनतम सहमतिको आधारमा, न्युनतम कार्यक्रमको आधारमा सरकार निर्माण गर्ने कि ? वैचारिक निकटनाको आधारमा सरकार निर्माण गर्ने कि वा राष्ट्रिय राजनितिमा देखापरेका मुख्य मुद्दाहरुलाई सम्बोधन गर्ने आधारभुत सहमतिको आधारमा सरकार निर्माण गर्ने कि ? त्यो कुनैपनि कुरामा हामीले ध्यान दिन सकेनौँ । कहिले राप्रपासँग, कहिले काँग्रेससँग, कहिले माओवादीसँग, कहिले मधेसवादी दलहरुसँग, कहिले रास्वपासंग अर्थात सरकारमा जानको लागी जो कसैसंग मिल्ने प्रकारका जुन प्रवृत्तिहरु हाम्रो आन्दोलनमा देखापरे, यो दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण यो । यसको हामीले गम्भिरतासाथ समिक्षा गर्नुपर्छ ।’ 

उहाँले संगठनात्मक क्षेत्रलाई पनि ध्वस्त बनाएको आरोप लगाउनु भयो । प्रदेश कमिटीहरु १३ सयसम्म राखेर भद्दा बनाइएको उहाँको भनाई छ । उहाँले विधानका व्यवस्थलाई ठिक ढंगले पालना गर्न नसकेको बताउनु भयो ।