१९ माघ २०८१, शनिबार
,
Latest
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ज्यु, पूर्व प्रवक्ताको प्रवक्ता नबनिदिनोस् : शर्मा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न आग्ह गरेका छन्। अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने भएकाले यसको भारी नबोक्न शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ! अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ अडियो को प्राविधिक परीक्षणसम्म यहाँले नै ??’

प्रधानमन्त्री ओलीले पार्टी प्रशिक्षणमा बाँस्कोटाको बचाउ गर्दै अडियोमा कमिसन मागेको भन्ने कुरामा सत्यता नरहेको दाबी गरेको खबर बाहिरिएपछि शर्माले यस्तो बताएका हुन् ।