२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह आरोपमा पक्राउ परेका छन्। नेपाललाई उनकी जेठी श्रीमती तारा खनाल नेपालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर सोमबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि डीएसपी नेपाल स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

उनीमाथि प्रहरीले ३ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। स्रोतका अनुसार डीएसपी नेपालले प्रहरी संगठनमै कार्यरत एक असईसँग दोस्रो विवाह गरेको आरोप छ।

यसअघि पनि नेपाल २०७४ सालमा बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहेका बेला गाँजा कारोबार–सम्बन्धी आर्थिक लेनदेन विवादमा मुछिँदा निलम्बनमा परेका थिए। उक्त घटनापछि उनी प्रहरी नायव उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए।