१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा



अ+ अ-

काठमाडौं। सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै साविक उपविजेता सुदूरपश्चिमले फाइनलको टिकट काटेको हो ।

यद्यपि, पराजित विराटनगरलाई फाइनल पुग्ने एक मौका भने जिवितै छ । भोलि हुने एलिमिनेटर अन्तरगत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग विराटनगरले फाइनल प्रवेशका लागि खेल्नेछ ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट भयो ।

उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउँदा मर्चेन्ट डे लाङ्गले १५, बसिर अहमदले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । साम हिजलेट र नरेन भट्टले खाता समेत खोल्न नसकी पभेलियन फर्किए भने मार्टिन गप्टिलले २, लोकेश बमले ५, नारायण जोशीले १ र प्रतिश जिसीले ३ रनमात्रै बनाए ।

वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंह, अविनाश बोहरा र स्कट कुगलाइनले दुई-दुई तथा हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।

उसका लागि बिनोद भण्डारीले अर्धशतक बनाए । उनले ६३ रनको योगदान दिए । यस्तै, शेल्डन ज्याकसनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३, आरिफ शेखले २० रन जोडे ।

वलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गले दुई दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक एक विकेट लिए ।