४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

मन्त्री गुरुङको १०० दिनः सबै तहमा पुनःस्थापना कोष घोषणा

मन्त्री गुरुङको १००  दिनः सबै तहमा पुनःस्थापना कोष घोषणा
अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गर्नुभएको छ । आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री गुरुङले सो अवधिमा महिला, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक र समाज कल्याणसम्बन्धी उल्लेख्य काम भएको जनाउनुभयो ।

सो अवधिमा मन्त्रालयले लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली २०७६ मन्त्रिपरिषद्बाट स्वीकृत गरी लैैङ्गिक हिंसामा परेका महिलालाई राहत दिने गरी सातै प्रदेश र ७५३ स्थानीय तहमा कोष स्थापना गर्न सशर्त अनुदान पठाएको छ । प्रगति विवरणमा भनिएको छ, “दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २९ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी स्वास्थ्य संस्थासम्म पुर्याएको छ, थप चार जनालाई सम्बन्धित प्रदेश मन्त्रालको समन्वयमा उद्धार गरिएको छ, यसबाट सुरक्षित मातृत्व प्रत्याभूत गर्न र बाल मृत्युदर घटाउन योगदान पुगेको छ ।”

मन्त्री गुरुङले लैंगिक हिंसा पीडितका लागि २१ अल्पकालीन सेवा केन्द्र सञ्चालन गर्न रु तीन लाखका दरले स्थानीय तहलाई अनुदान पठाइसकिएको जानकारी दिनुभयो । सोही अवधिमा हिंसा र कुरीति अन्त्यसम्बन्धी सन्देशमूलक वृत्तचित्र डोटेली भाषामा तयार गरी प्रसारणका लागि नेपाल टेलिभिजनसँग सम्झौता गरिएको छ भने छाउगोठमुक्त नेपाल अभियानअन्तर्गत सुदूरपश्चिम र कर्णाली प्रदेशका सांसद, सरोकारवाला मन्त्रालय, सङ्घसंस्था र नागरिक समाजलगायतको सहभागितामा सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यक्रम गरिएको छ ।

यस्तै सय दिनका अवधिमा भारतका विभिन्न स्थानबाट पाँच जना मानव बेचविखन तथा ओसारपसार पीडितलाई उद्धार गरी पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरेको छ । साथै भारत र म्यानमा हुँदै मानव ओसारपसारका क्रममा भारतको मणिपुरबाट उद्धार गरिएका २१ महिलालाई परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याउन पहल गरिएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्ध कानूनी व्यवस्थालाई थप कडा बनाउन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ पहिलो संशोधनका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।

मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रकाशन गर्नाका साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको चौथो बैठक बसी सर्वोच्च अदालतको आदेशानुसार पीडितलाई क्षतिपूर्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले काठमाडौँ उपत्यकाका सडकबाट बालक १५१ र बालिका २९, सुनसरीको धरानबाट बालक १३ र बालिका एक , इटहरीबाट बालक १०, झापाको दमकबाट बालक १२ र बालिका दुई , सुर्खेतको वीरेन्द्रनगरबाट बालक १८ गरी जम्मा २३६ ९बालक २०४ र बालिका ३२० जना सडक बालबालिकाको उद्धार गरी विभिन्न पुनःस्थापना केन्द्रमा पुनःस्थापना गरिएको छ । मन्त्रालयले जोखिममा परेका ४९९ बालबालिकाको आपत्कालीन उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरेको छ ।
प्रदेशगत अपाङ्गता खेल परिसर बन्दै

अपाङ्गता खेल परिसर निर्माणका लागि सातै प्रदेशमा स्रोत कक्षा सञ्चालन भएका १० सामुदायिक विद्यालय पहिचान गरी रु दश लाखका दरले रकम उपलब्ध गराइएको छ । मन्त्रालयले विद्यमान अवस्थामा कार्यान्वयनमा रहेको पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशका, २०६९ लाई समयानुकूल परिमार्जन गर्न कार्यदल गठन गरी कार्यारम्भ गरेको छ ।

मन्त्री गुरुङले आगामी दिनमा ग्रामीण तथा शहरी क्षेत्रमा महिला उद्यमशीलता विकास र बजार व्यवस्थापन एवं मूल्य शृङ्खला कायम गर्दै दिगो आर्थिक सशक्तीकरण गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि नियमावली तर्जुमा गरिने जानकारी दिँदै ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव लिने तथा राज्यबाट संरक्षण, सुरक्षा र सम्मान प्रदान गर्ने नीति तथा कार्यक्रमसमेत प्राथमिकताका साथ सञ्चालन गरिने जनाउनुभयो । सङ्घसंस्था व्यवस्थापन तथा परिचालन सम्बन्धमा एकीकृत नीति र कानून तर्जुमा गरी कार्यान्वयन गर्ने पनि मन्त्रालयको तयारी छ ।