२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।

‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचार विरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बेरुजु एवं पेस्की फछ्र्यौट, नीतिनिर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमान्दारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागितामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताउनुभयो ।

प्रदेशका निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागार्इंले भ्रष्टाचार अपराध भएको र यो दण्डनीय हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान कानुनमा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन, वचन र कर्मले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न समाजलाई सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार मुलुकको समृद्धिको बाधक भएकाले यसको नियन्त्रण कायम गरी सुशासन कायम गर्नु हामी सबैको जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले ‘प्रदेश सरकारले भ्रष्टाचार विरुद्धका प्रयास एवं नियन्त्रणका प्रयास र सुधारका क्षेत्रहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सरकार सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।