२३ मंसिर २०८२, मंगलवार
,
Latest
केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडी सार्नुहुन्छः विन्दा पाण्डे इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’ एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’ भौतिक सचिव शर्मा भन्छन्– खरिदसम्बन्धि कानून बनाएर गल्ती भयो की जस्तो लाग्छ वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन ठप्प अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह



अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

पूर्वाधार पत्रकार समाजले मंगलवार राजधानीमा गरेको कार्यक्रममा उहाँले रुग्ण ठेक्का व्यवस्थापनको नाममा  ठेक्का अन्त्य गरिएको बताउनुभएको हो ।

यो सबै काम प्रचारबाजीका रुपमा गरिएको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उहाँले बताउनु भयो । अध्यक्ष सिंहकाअनुसार  ठेक्का रुग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रुपमा राजनीतिक नेतृत्व हो  राजीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएको सिंहले बताउनु भयो ।

अध्यक्ष सिंहले भन्नुभयो–‘ठेक्काहरु रुग्ण किन भए ? ठेक्का रुग्ण बनाउने जिम्मेवार को हो ? भन्दा प्रमुख रुपमा राजनीतिक नेतृत्व हो । राजनीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएका हुन् । त्यो ठेक्का रुग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार हुन्छ, त्यो भन्दा बढी स्थायी सरकारका रुपमा रहने सचिवदेखि योजना प्रमुखसम्म हुनुहुन्छ । उहाँले नै छिद्रहरु बताएर बहुवर्षिय आयोजनाको नाममा १० लाख बजेट विनियोजन गरेर ४६ करोड ठेक्का लगाउनुहुन्छ । ठेक्का लगाउनु अघि गर्नुपर्ने पूर्वतयारी नगरी सूचनाहरु प्रकाशन गरेर हामीसँग सम्झौता गर्नुहुन्छ । जतिपनि रुग्ण ठेक्का व्यवस्थापनको नाममा  रुग्ण ठेक्का अन्त्य गरिएको छ, यो प्रचारबाजी धेरै भयो । अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । हिजोका दिनमा पार्टीका सरकार थियो । हरेक पार्टीको निर्वाचन क्षेत्र हुन्थ्यो र त्यो पार्टीको प्रतिनिधित्व गर्ने सांसद्हरुले  ती ठेक्का अन्त्य गर्दा आफू अलोकप्रिय हुने त्रासले गर्दा यी ठेक्का रुग्ण भएको सत्य हो ।’

अध्यक्ष सिंहले रुग्ण ठेक्का रुग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अबका दिनमा  ठेक्का रुग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिनु हुँदैन । अहिले निर्माण व्यवसायी ‘भिक्टीम’ हुनेगरी ठेक्का तोडिएको छ । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ । निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उहाँको भनाइ छ ।