२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह



फाइल फोटो
अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

पूर्वाधार पत्रकार समाजले मंगलवार राजधानीमा गरेको कार्यक्रममा उहाँले रुग्ण ठेक्का व्यवस्थापनको नाममा  ठेक्का अन्त्य गरिएको बताउनुभएको हो ।

यो सबै काम प्रचारबाजीका रुपमा गरिएको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उहाँले बताउनु भयो । अध्यक्ष सिंहकाअनुसार  ठेक्का रुग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रुपमा राजनीतिक नेतृत्व हो  राजीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएको सिंहले बताउनु भयो ।

अध्यक्ष सिंहले भन्नुभयो–‘ठेक्काहरु रुग्ण किन भए ? ठेक्का रुग्ण बनाउने जिम्मेवार को हो ? भन्दा प्रमुख रुपमा राजनीतिक नेतृत्व हो । राजनीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएका हुन् । त्यो ठेक्का रुग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार हुन्छ, त्यो भन्दा बढी स्थायी सरकारका रुपमा रहने सचिवदेखि योजना प्रमुखसम्म हुनुहुन्छ । उहाँले नै छिद्रहरु बताएर बहुवर्षिय आयोजनाको नाममा १० लाख बजेट विनियोजन गरेर ४६ करोड ठेक्का लगाउनुहुन्छ । ठेक्का लगाउनु अघि गर्नुपर्ने पूर्वतयारी नगरी सूचनाहरु प्रकाशन गरेर हामीसँग सम्झौता गर्नुहुन्छ । जतिपनि रुग्ण ठेक्का व्यवस्थापनको नाममा  रुग्ण ठेक्का अन्त्य गरिएको छ, यो प्रचारबाजी धेरै भयो । अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । हिजोका दिनमा पार्टीका सरकार थियो । हरेक पार्टीको निर्वाचन क्षेत्र हुन्थ्यो र त्यो पार्टीको प्रतिनिधित्व गर्ने सांसद्हरुले  ती ठेक्का अन्त्य गर्दा आफू अलोकप्रिय हुने त्रासले गर्दा यी ठेक्का रुग्ण भएको सत्य हो ।’

अध्यक्ष सिंहले रुग्ण ठेक्का रुग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अबका दिनमा  ठेक्का रुग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिनु हुँदैन । अहिले निर्माण व्यवसायी ‘भिक्टीम’ हुनेगरी ठेक्का तोडिएको छ । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ । निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उहाँको भनाइ छ ।




भर्खरै