९ श्रावण २०८३, शनिबार
,
Latest
डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले पुस २ गतेका लागि पेशी तोकेको छ।

प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय संविधानविरुद्ध रहेको भन्दै कांग्रेसले रिट दायर गरेको हो।

कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसद आशा विक, दीपक खड्का, सीताकुमारी राना, नगिना यादव, शान्ति विक र जावेदा खातुन जागाले संयुक्त रूपमा रिट दायर गरेका छन्।

रिटमा राष्ट्रपति तथा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख देवराज घिमिरे र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ।

प्रतिनिधिसभा कायमकै अवस्थामा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि सोही नियुक्तिलाई आधार बनाएर प्रतिनिधिसभा विघटन गरिएको प्रक्रिया असंवैधानिक रहेको कांग्रेसको तर्क छ। रिटमा भनिएको छ, ‘प्रतिनिधिसभा जीवित हुँदा नै प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति गर्नु र त्यसपछि प्रतिनिधिसभा विघटन सिफारिस गर्नु प्रारम्भदेखि नै असंवैधानिक छ भन्ने स्पष्ट हुन्छ।’

अब सर्वोच्च अदालतले पुस २ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ।