२५ मंसिर २०८२, बिहीबार
,
Latest
जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल भदौ २३ र २४ का घटनासम्बन्धी बयान दिन छानबिनका लागि गठित जाँचबुझ आयोग पुगेका छन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते देखिएको परिस्थिति, त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते उत्पन्न तनावपूर्ण स्थिति, नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वय अभावबारे आयोगले अर्यालसँग विस्तृत रूपमा जानकारी लिइरहेको आयोग स्रोतले जनाएको छ।

उक्त घटनामा सशस्त्र प्रहरीको भूमिका, निर्णय प्रक्रिया र सुरक्षा संयोजनका विषयमा पनि आयोगले प्रश्न सोधपुछ गरेको छ।

यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायत जिम्मेवार अधिकारीहरूको बयान लिइसकेको छ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने तयारी गरेको छ।