४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकाल सकिने बेला देउवाको अनौठो दाउ !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ। देउवाको चार वर्षे कार्यकाल यही फागुन १९ गते सकिँदैछ। तर कार्यकाल सकिने बेला देउवाले सक्रियता बढाएका छन्। महाधिवेशन भएको केही महिनापछि गठन गर्नुपर्ने विभागलगायतका सांगठनिक कामहरु बल्ल सुरसार गरेका छन्। अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी एक वर्ष केन्द्रीय समितिको कार्यकाल थप गरिएको छ। सोमबारसम्म पार्टीको केही विभाग गठन गर्नेदेखि केन्द्रीय सदस्य थप गर्ने तयारी सभापति देउवाको छ।

पार्टी १४ औं महाधिवेशनको तयारीमा जुटेका बेला सभापति देउवा आफूनिकट नेताहरुलाई पार्टीमा भूमिका दिने गरी अन्तिम समयमा विभाग गठन गर्न लागेका हुन्। उनले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरेर विभागमा बस्ने नेताको नाम दिन आग्रह गरे। तर नेता पौडेलले भने अधिवेशन गर्नुपर्ने बेला विभाग गठनको औचित्य नरहेको भन्दै सभापति देउवालाई विभागमा बस्ने नेताको नाम दिन अस्वीकार गरेका थिए। ‘अब विभाग किन चाहियोरु अधिवेशनमा जुट्नुपर्ने बेलामा विभाग गठनको कुरा स्वीकार्य हुँदैन,’ पौडेलले देउवालाई भने, ‘विधान अनुसार ६ महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने भन्नेछ। तर अहिलेसम्म गर्नुभएन। अब विभाग गठनको आवश्यकता छैन।’

कांग्रेसमा विधान अनुसार विभाग संख्या २८ रहेकोमा सभापति देउवाले ४७ पुर्‍याएका छन्। विभाग गठनका लागि कांग्रेसमा पटकपटक छलफल हुँदै आएको छ। सभापति देउवाले सोमबारसम्म केही विभाग गठनको तयारी अगाडि बढाएका छन्। उनले विभागमा बस्ने नेताहरुको अन्तिम सूची तयार गर्न आफूनिकट केही केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन्। ‘केहि दिनभित्र प्रचार, जनसम्पर्क, संगठन विभागलगायत गठन गर्ने तयारी छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘बाँकी विभाग पनि चाँडै टुंगो लगाइनेछ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।