१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित



अ+ अ-

मनाङ:  हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि लेकाली खर्कमा चराइने याकचौरीलाई बेसीतर्फ झार्न थालिएको छ । सामान्यतया तीन हजारदेखि पाँच हजार मिटर उचाइमा राखिने याकचौरी जाडो बढेपछि करिब एक हजार ७०० मिटर उचाइको बेसीमा झार्न थालिएको हो ।

चिसो बढेसँगै लेकका चरन तथा प्राकृतिक घाँस सुक्ने र याकचौरीलाई आहार अभाव हुने स्थानिय किसानहरूको बताउनुहुन्छ । यसरी याकचौरीलाई बेसीमा झारिँदा प्राकृतिक घाँस नपाइने भएकाले याकचौरी कुपोषित हुने जोखिम बढ्दा किसान चिन्तित देखिन्छन् । पछिल्ला समय जैविक घाँस नपाउँदा यसको विकल्पमा याकचौरीलाई दाना ९सोइ० खुवाउन थालेको स्थानीय किसान सुरेश थकालीको भनाइ छ ।

पशुपालक थकालीका अनुसार यहाँका किसानहरूले स्थानियस्तरमा उत्पादन हुने गहुँ, कोलो , बोडी, फापरलगायत रैथाने बालीका सुकेका डाँठ तथा पराल संकलन गरेर जैविक सोइ तयार पार्ने र घाँसको अभावमा पशुलाई दिन थालिएको बनाउनुहुन्छ । सोइले याकचौरीलाई आवश्यक पोषण र उर्जा प्रदान गर्ने थकालीको भनाइ छ ।

यसले चौरिलाइ प्राकृतिक रुपमै पाइने घाँसको विकल्प दिएको बताउनुहुँदै थकाली भन्नुहुन्छ, “चिसोले चरन सुक्नेबित्तिकै याकचौरीलाई आहारको समस्या देखिन थाल्छ । जैविक सोइ नदिए जाडोमा धेरै याक कमजोर बन्छन् । अहिले दानाले उनीहरूको स्वास्थ्य जोगाउन मद्दत गरेको छ।” रासस