२३ मंसिर २०८२, मंगलवार
,
Latest
देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान प्रधानमन्त्रीको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध हदसम्मको कठोर कदम चाल्ने, धम्कि बाट नडराउने चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति? इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित कालीगण्डकीको पानी रत्नेचौरमा: ‘एक घर, एक धारा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित



अ+ अ-

मनाङ:  हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि लेकाली खर्कमा चराइने याकचौरीलाई बेसीतर्फ झार्न थालिएको छ । सामान्यतया तीन हजारदेखि पाँच हजार मिटर उचाइमा राखिने याकचौरी जाडो बढेपछि करिब एक हजार ७०० मिटर उचाइको बेसीमा झार्न थालिएको हो ।

चिसो बढेसँगै लेकका चरन तथा प्राकृतिक घाँस सुक्ने र याकचौरीलाई आहार अभाव हुने स्थानिय किसानहरूको बताउनुहुन्छ । यसरी याकचौरीलाई बेसीमा झारिँदा प्राकृतिक घाँस नपाइने भएकाले याकचौरी कुपोषित हुने जोखिम बढ्दा किसान चिन्तित देखिन्छन् । पछिल्ला समय जैविक घाँस नपाउँदा यसको विकल्पमा याकचौरीलाई दाना ९सोइ० खुवाउन थालेको स्थानीय किसान सुरेश थकालीको भनाइ छ ।

पशुपालक थकालीका अनुसार यहाँका किसानहरूले स्थानियस्तरमा उत्पादन हुने गहुँ, कोलो , बोडी, फापरलगायत रैथाने बालीका सुकेका डाँठ तथा पराल संकलन गरेर जैविक सोइ तयार पार्ने र घाँसको अभावमा पशुलाई दिन थालिएको बनाउनुहुन्छ । सोइले याकचौरीलाई आवश्यक पोषण र उर्जा प्रदान गर्ने थकालीको भनाइ छ ।

यसले चौरिलाइ प्राकृतिक रुपमै पाइने घाँसको विकल्प दिएको बताउनुहुँदै थकाली भन्नुहुन्छ, “चिसोले चरन सुक्नेबित्तिकै याकचौरीलाई आहारको समस्या देखिन थाल्छ । जैविक सोइ नदिए जाडोमा धेरै याक कमजोर बन्छन् । अहिले दानाले उनीहरूको स्वास्थ्य जोगाउन मद्दत गरेको छ।” रासस