२३ मंसिर २०८२, मंगलवार
,
Latest
निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा देउवालाई एमालेको महाधिवेशनको निम्तो देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान प्रधानमन्त्रीको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध हदसम्मको कठोर कदम चाल्ने, धम्कि बाट नडराउने चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मृति र पलाशको विवाह रद्द



अ+ अ-

एजेन्सी । भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको विवाह रद्द भएको छ।

स्मृति र पलाशले इन्स्टाग्राम स्टोरीमार्फत यसको जानकारी दिएका हुन्। दुवैको विवाह २३ नोभेम्बरमा हुने तय थियो।

संगीतदेखि हल्दीसम्मका सबै कार्यक्रम सकिएको थियो। बारातको तयारी चलिरहेको थियो। यसैबीच २३ नोभेम्बरको बिहान स्मृतिका बुवालाई हार्ट अट्याक आएपछि विवाह स्थगित गरिएको थियो।

विवाह टालिएपछि सामाजिक–सञ्जालमा धेरै प्रकारका अफवाहहरू फैलिन थाले। दाबी गरियो कि पलाशले स्मृतिसँग धोका दिएका छन् र उनको नाम वेडिङ कोरियोग्राफरसँग जोडियो।

यतिबेला स्मृतिले आफ्नो सोशल मिडिया अकाउन्टबाट विवाहसँग सम्बन्धित सबै तस्बिरहरू हटाएकी थिइन्। स्मृतिले पोस्टमा लेखिन्– “केही हप्तादेखि मेरो निजी जीवनबारे धेरै अटकलहरू लगाइँदै आएका छन्, त्यसैले अब यसबारे मैले स्वयं बोल्नु आवश्यक ठानेँ। म धेरै निजी स्वभावकी व्यक्ति हुँ र व्यक्तिगत गोपनीयता कायम राख्न चाहन्छु, तर यो स्पष्ट गर्न चाहन्छु कि विवाह अब रद्द भएको छ।”

“म चाहन्छु कि यहीँ यस विषयलाई अन्त्य गरियोस् र तपाईं सबैसँग पनि अनुरोध छ कि यस विषयलाई अझ बढाइचढाइ नगरियोस्। कृपया यस समय दुवै परिवारको निजी जीवनको सम्मान गर्नुहोस् र हामीलाई केही समय दिनुहोस्, ताकि हामी आफ्ना भावनाहरू सन्च्याएर अघि बढ्न सकौँ।”

पलाशले इन्स्टा स्टोरीमा लेखे– “मैले आफ्नो जीवनमा अघि बढ्ने र आफ्नो निजी सम्बन्धबाट पछि हट्ने निर्णय गरेको छु। यो मेरो लागि अत्यन्त कठिन अवस्था भएको छ, विशेषगरी तब जब आधारविहीन अफवाहहरूमा मानिसहरू सजिलै प्रतिक्रियामा उत्रिन्छन्। जुन कुरा मेरो लागि सबैभन्दा पवित्र थियो, त्यसैमा यस्ता कुराहरू हुनु अत्यन्त दुःखद छ। यो मेरो जीवनको सबैभन्दा कठिन समयमा पर्छ, र म यसलाई आफ्ना मूल्य–मान्यतामा अडिग रहँदै शान्त तथा सम्मानजनक रूपमा पार गर्नेछु।”

“म साँचै आशा गर्दछु कि समाजले कसैबारे अपुष्ट समाचार वा अनजान स्रोतको गसिपमा भर पेरो निर्णय नगर्ने सिकून्। कहिलेकाहीँ हाम्रा शब्दले त्यस्ता घाउ दिन सक्छन् जसको गहिराई हामीले आफैं बुझ्दैनौँ।”

“मेरो टिमले झूटो र बदनाम गर्ने खालका कुराहरू फैलाउनेहरूमाथि कठोर कानुनी कारबाही गर्नेछ। यो कठिन समयमा मेरा साथ खडा हुने सबैप्रति म हृदयदेखि आभारी छु।”

प्रेमानन्द महाराजलाई भेट्न पुगेका थिए पलाश

१ डिसेम्बरमा पलाश सन्त प्रेमानन्द महाराजलाई भेट्न पुगेका थिए। वृन्दावनको केलीकुञ्ज आश्रममा अरू भक्तझैँ पलाश पनि मास्क लगाएर देखिएका थिए। उनले एकान्त वार्तालापका क्रममा ‘राधा–राधा’ नाम जप गरेका थिए।

सोमबार स्मृतिसँग विवाह स्थगित भएपछिको यो पलाशको दोस्रो सार्वजनिक उपस्थिती थियो। यसअघि उनलाई एयरपोर्टमा ‘अल–ब्ल्याक’ लुकमा देखिएको थियो।

स्मृतिका दाइले बोले– विवाह बस स्थगित मात्र हो

हालै पलाश र स्मृतिको विवाहको नयाँ मिति ७ डिसेम्बर दाबी गरिएको थियो। त्यस्तो अवस्थामा विवाह केवल दुवै परिवारबीच मात्र हुने भनिएको थियो। तर स्मृतिका दाइ श्रवण मन्धानाले यो दाबी पूर्ण रूपमा अस्वीकार गरे। उनले भने– “मलाई यी अफवाहबारे कुनै जानकारी छैन। अहिलेका लागि विवाह केवल स्थगित गरिएको हो।”