३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ

‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ
अ+ अ-

काठमाडौँ। ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धाराबाट भागेका एक व्यक्ति आज पक्राउ परेका छन् ।

वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भई कारागारमा सजाय भुक्तान गर्दै आएका र भदौ २४ गते भागेका ती व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङ रहेका छन् ।

निजलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुङविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०८१ भदौ २८ गतेको फैसलाले छ वर्ष कैद सजाय तोकेको थियो । निजलाई आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।रासस