२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी



अ+ अ-

टोकियो। जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानका केही तटीय क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको र यसका कारण तटीइ क्षेत्रमा सुनामीका छालहरू आउनसक्ने जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ । जेएमएका अनुसार भूकम्पको केन्द्रविन्दु ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएले होक्काइदो, आओमोरी र इवाते प्रान्तको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ । तटीय क्षेत्रमा तीन मिटरसम्म छालहरू आउनसक्ने पूर्वानुमान जेएमएले गरेको छ । उक्त क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसारको सावधानी अपनाउन निर्देशन प्रशासनले दिएको छ।

शक्तिशाली भूकम्पपछि मियागी र फुकुशिमा प्रान्तहरूमा पनि सुनामीको प्रभाव पर्न सक्ने सूचना प्रशासनले जारी गरेको छ। (रासस/एएफपी)