९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ



अ+ अ-

सुनसरी। गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आज इनरुवामा पत्रकार सम्मेलन गरी गत असोज २५ गतेको सो घटनामा पक्राउ परेका बारे जानकारी गराएको थियो ।

प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए । घटनाको अनुसन्धानका क्रममा मृतक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गरिएको बयानमा पाइएको प्रमुख थेबेले बताउनुभयो ।

हत्या गर्नका लागि छ लाख ५० हजार रुपैयाँ लिएको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।  पक्राउ परेकाले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




भर्खरै