२२ मंसिर २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताउनु भयो ।

उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उहाँको भनाई छ । १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्नुहुँदै उहाँले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताउनु भयो । उहाँले देशमा समाजवाद ल्याउनको लागि नेपाली कम्युनिष्ट पार्टीले दुईतिहाई ल्याउनैपर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार पार्टीले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ । जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उहाँले बताउनु भयो । आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली कम्युनिष्ट पार्टी, आज १७ वटा पार्टी यसमा एकीकृत भएका छन् र हामी अगाडी बढ्दैछौँ । आगामी फागुन २१ गतेको आम निर्वाचनमा हामीले भाग लिन्छौँ । अहिलेदेखि नै जानुपर्छ हामी जनताको बीचमा, कही कुनै पालिका खाली गर्ने होईन, कुनै वडा खाली गर्ने होईन, कुनै टोल खाली गर्ने होईन, सब ठाउँमा । १७ वटा पार्टी सामेल भईसकेपछि नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घर दैलोमा पुग्ने हो । त्यो अभियान हामीले शुरु गर्ने हो । मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरुको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ । दुईतिहाई बहुमतसहितको भएपछि हामीले शुरु गर्नेछौँ, समाजवादको काम त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ । घरहरु बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरुलाई ल्याउनेछौँ । हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँठाउँमा । हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन् ।’ 

उहाँले समाजवाद निर्माणको लागि युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने बताउनु भयो । १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने उहाँको भनाई छ । रोजगार नपाएर नै युवाहरु आन्दोलनमा उत्रिने गरेको उहाँले बताउनु भयो ।