२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक-निजी क्षेत्र साझेदारीमा मात्र द्रुत विकास सम्भव छः उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक, निजी साझेदारीले मात्र देशमा द्रुत आर्थिक विकास सम्भव हुने बताएका छन् ।

रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो रामेछाप महोत्सवको अवसरमा आज सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई साझेदारीको रुपमा राज्यले लिदैन तबसम्म द्रुत विकास असम्भव प्राय रहने छ ।

तीनतहको सरकार बनेपछि राज्य–निजी क्षेत्रको साझेदारी बढ्दै गएको बताउँदै निजी क्षेत्रलाई साझेदार बनाएर सरकारले कृषि, पर्यटन, जलविद्युत तथा उद्योगधन्दाको विकास गर्नुपर्ने बताए ।

यही राज्य–निजी क्षेत्रको साझेदारीले मलेसियाको विकास भएको चर्चा गर्दै उनले पुराना नीति, नियम र कानुनलाई परिमार्जन गरी निजी क्षेत्रको लगानीको वातावरण तयार गर्न आग्रह गरे ।
उनले स्थानीय सीप, साधन र रोजगारीलाई प्रवद्र्धनलेमात्र देशको आर्थिक विकास सम्भव रहेको बताएका छन् ।