१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु



अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजनामा नक्सालमा शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालामा सिर्जित कलाकृति प्रदर्शनी सुरु भएको छ ।

‘रि–इम्याजिन ट्रेडिसन–२’ शीर्षकमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिका देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको बताउँदै सिर्जनशीलतामा लाग्न आह्वान गर्नुभयो ।

विषयवस्तु, शिल्पअवधारणा र सिर्जनाको बौद्धिक अभ्यास साधनाका अर्थले महत्त्वपूर्ण रहेको बताउँदै उहाँले भावुकता, बौद्धिकता, प्राज्ञिकताको सामञ्जस्यबाट ज्ञानको निर्माण हुने बताउनुभयो ।

औद्योगिक डिजाइनर माइक कारझेइकले यो प्रदर्शनी नितान्त विद्यार्थीहरूको स्वसिर्जना भएकाले विशेष रहेको बताउनुभयो । साथै उहाँले प्रदर्शनीमा भौतिक र अभौतिक सम्पदा, संस्कृति झल्किने हस्तकलाका कलाकृति रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प–हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागू गरेर जानुपर्ने बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्य एवं काठमाडौँ काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङका अध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  रासस