२२ मंसिर २०८२, सोमबार
,
Latest
आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न १ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटि गएको टोलीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ९ घर भइ हाल कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठलाई पक्राउ गरेको हो।

चेकजाँच गर्ने क्रममा उनको साथ र कोठाबाट नेपाली नगद रुपैयाँ ५७ लाख ४७ हजार ३५० रुपैयाँ बरामद भएको हो।

श्रेष्ठलाई हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।