काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो ।
आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरू गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ । रासस










