२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार आचार्यसहित पाँच जनालाई ‘सिम्पल सम्मान’ प्रदान



अ+ अ-

काठमाडौं । नेपाली साहित्य, संगीत र कलामा समर्पित सामाजिक संस्था ‘सिम्पल आर्टस बानेश्वर’ को २२ औं वार्षिकोत्सवको अवसरमा गीतकार एवम् पुर्व प्रहरी वरिष्ठ उपरिक्षक नारायणकुमार आचार्य सहित समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका पाँच जना महानुभावलाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरुमा शिक्षासेवी संगीताश्रेष्ठ, व्याडमिण्टन खेलका अन्तर्राष्ट्रिय एम्पायर दिपक थापा, नायीका रेजिना उप्रेती र साहित्यकार एव्म कलाकार मिठुकृष्ण श्रेष्ठ छन् ।

उनीहरुलाई वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, बागमती प्रदेशका सांसद राजेन्द्रप्रसाद गुरुंग र गणेश दुलाल तथा सिम्पल आर्टस परिवारका अध्यक्ष पुष्कर जंगम लगायतले सम्मानपत्र र माला लगाएर सम्मान गरेका थिए ।

सोही समारोहमा कपन बानेश्वर साहित्यीक पत्रिकाले एनकेसिंह मेमोरियल स्कूल (इ.पि.एस)काभाइस प्रिन्सिपल राजेन्द्र शर्मालाई ‘कपन—बानेश्वर विशेष सम्मान’प्रदान गरेको थियो । सिम्पल आर्टस्का अध्यक्ष पुस्कर जंगमको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा उपाध्यक्ष सीताराम पोखरेलले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए भने विभिन्न वक्ताहरुले बोलेका थिए ।