२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो



अ+ अ-

एजेन्सी । मङ्गोलियाको बायान–उल्गी, उभ्स र खोभ्द जस्ता पश्चिमी प्रान्तहरूमा अत्याधिक चिसो शुरु भएको छ । यस वर्ष अत्यधिक जाडो मौसम ‘मशगम’ अनुभव गर्ने सम्भावना रहेको देशको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन निकायले शनिवार जनाएको छ ।

मशगमको हालै गरिएको जोखिम मूल्याङ्कनले देखाएको छ कि देशको कुल भूभागको लगभग २० प्रतिशत यस जाडोमा मशगम अनुभव गर्ने उच्च जोखिममा छ । ३० प्रतिशतभन्दा बढी मध्यम जोखिममा छ । शनिवारसम्म देशको कुल भूभागको ७० प्रतिशतभन्दा बढी भाग ३० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ ।

जसले गर्दा यस जाडोमा अत्यधिक जाडो मौसम मशगम अनुभव गर्ने उच्च जोखिम बढेको छ । मशगम भनेको मङ्गोलियाली शब्द हो । जसले जमिन जमेको वा हिउँले ढाकिएको कारणले गर्दा ठूलो संख्यामा पशुधन मर्दा अत्यधिक चिसो जाडोलाई वर्णन गर्दछ । मंगोलिया यसको कठोर महाद्वीपीय हावापानीको लागि परिचित छ । जहाँ लामो, चिसो जाडो र छोटो गर्मी हुन्छ ।