३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो



अ+ अ-

एजेन्सी । मङ्गोलियाको बायान–उल्गी, उभ्स र खोभ्द जस्ता पश्चिमी प्रान्तहरूमा अत्याधिक चिसो शुरु भएको छ । यस वर्ष अत्यधिक जाडो मौसम ‘मशगम’ अनुभव गर्ने सम्भावना रहेको देशको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन निकायले शनिवार जनाएको छ ।

मशगमको हालै गरिएको जोखिम मूल्याङ्कनले देखाएको छ कि देशको कुल भूभागको लगभग २० प्रतिशत यस जाडोमा मशगम अनुभव गर्ने उच्च जोखिममा छ । ३० प्रतिशतभन्दा बढी मध्यम जोखिममा छ । शनिवारसम्म देशको कुल भूभागको ७० प्रतिशतभन्दा बढी भाग ३० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ ।

जसले गर्दा यस जाडोमा अत्यधिक जाडो मौसम मशगम अनुभव गर्ने उच्च जोखिम बढेको छ । मशगम भनेको मङ्गोलियाली शब्द हो । जसले जमिन जमेको वा हिउँले ढाकिएको कारणले गर्दा ठूलो संख्यामा पशुधन मर्दा अत्यधिक चिसो जाडोलाई वर्णन गर्दछ । मंगोलिया यसको कठोर महाद्वीपीय हावापानीको लागि परिचित छ । जहाँ लामो, चिसो जाडो र छोटो गर्मी हुन्छ ।