२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबलः एपिएफ फाइनल प्रदेश



फाइल फोटो
अ+ अ-

झापा। झापा जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारामा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई पराजित गरेको हो ।

एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो । न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई रू नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

आजको जितसँगै एपिएफले आइतबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो । रासस