२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण गतिविधि र सूचनाहरुको नियमित सम्प्रेषणका लागि ‘नययुग विशेष इ बुलेटिन’ को प्रकाशन सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ई–बुलेटिनको औपचारिक शुभारम्भ गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा प्रतिक्रान्ति रोक्न एमालेले थालेका अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले महाधिवेशनले लोकतान्त्रीकरण र संविधानवाद स्थापनाका लागि थप उर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

ई–बुलेटिनले महाधिवेशनका मुख्य एजेन्डा, पार्टीका नीतिगत दिशानिर्देशन, आगामी रणनीति तथा संगठन सुदृढीकरणसम्बन्धी सामग्रीहरू नियमित रूपमा उपलब्ध गराउनेछ ।

यही मङ्सिर २० गतेदेखि महाधिवेशन सम्पन्न नभएसम्म हरेक दिन साँझ ७ः ०० सो बुलेटिन प्रकाशन भइ इन्टरनेटमार्फत् सम्प्रेषण हुनेछ । महाधिवेशनका लागि गठित प्रचार समितिको योजनाबमोजिम बुलेटिन प्रकाशानारम्भ भएको हो । बुलेटिनबाट सञ्चारमाध्यमलाई थप समाचार बनाउन सहयोग पुग्नेछ भने पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिलाई आधिकारिक सूचना सहजरुपमा प्राप्त हुनेछ ।

बुलेटिन प्रकाशनका लागि प्रचार समितिका सदस्य एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीको संयोजकत्वमा टोली गठन गरिएको छ ।

एमालेले महाधिवेशनका लागि पार्टीका सचिव पद्मा अर्याल संयोजक र केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम सचिव रहेको प्रचार कमिटी गठन गरिएको छ ।

प्रचार कमिटीले पार्टीका नेतहरुको नियमित भिडियो अन्तर्वार्ता, दैनिक ‘सूर्य खबर’ प्रसारण, महाधिवेशनको काउण्टडाउन प्रचार, जिङ्गल निर्माण र प्रसारण, नारा र थिमहरुको सम्प्रेषण, मिडिया संयोजकलगायतका काम गरिरहेको छ ।