काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत अहिले प्लेअफमा पुगिसकेका दुई टोलि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच खेल भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले विराटनगरलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो ।
उसका लागि इशान पाण्डेले ३८, आरिफ शेखले अविजित ४५, जोश ब्राउनले २४, विनोद भण्डारीले १५, दिपेन्द्र सिंह ऐरी १९ रन जोडे ।
वलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तिन तथा बसिर अहमद र प्रतिश जिसीले एक एक विकेट लिए ।










