१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता



अ+ अ-

उदयपुर। सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् ।

कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीको टोपी र जुत्ता फेला परेको थियो । “भोलि गोताखोर टोली आएर खोजी गर्ने तयारी छ”, निरीक्षक कार्कीले भन्नुभयो, “तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन ।”

घटनापश्चात प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोशीमा खोजी जारी राखे फेला परेको छैन । स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोशीमा हाम फालेका थिए ।रासस