१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताउनुभएको छ ।

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताउनुभयो ।

भूराजनीतिक दृष्टिकोणमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, मानवअधिकार तथा सुरक्षा विषय पनि समावेश हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले छिमेकी मुलुक ठूला र बलिया भएकाले नेपालले असंलग्नताको नीति अवलम्बन गर्दै यसमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

देशमा औद्योगिक अवस्था, सामाजिक रुपान्तरण, आर्थिक प्रगति खासै उत्साहजनक नरहेको बताउँदै उहाँले राजनीतिक अस्थिरता, दलका नेतृत्वबीच अन्तरिक द्वन्द्व, भ्रष्टाचार तथा कुशासन, गरिबी, बढ्दो जनसङ्ख्या, बेरोजगार, सुरक्षाका कमजोर अवस्थाले भूराजनीतिक चुनौती थपिएको विचार व्यक्त गर्नुभयो ।

नेता नेपालले मुलुकमा अहिले उत्पन्न भएको राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।