२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

असल ट्याक्सी चालकहरु सम्मानित



अ+ अ-

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ ।

महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो । आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले बताउनुभयो । उहाँले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको बताउनुभयो ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन् । ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताउनुभयो । ट्याक्सी चालक रोएत बहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीमा बुझाउँदा सम्मानित हुन पाउनु खुसिको कुरा भएको बताउनुभयो । उहाँले भलुवस ट्याक्सीको पछाडी समान छुटने तर आफुहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफुहरुलाई समस्यामा पर्ने गरेको बताउनुभयो । यस्तो अवस्थामा प्रहरीले उचित अनुशन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गते भित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो । त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेको र त्यस मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ । त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परेपनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बर समेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।