२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् प्रधानमन्त्रीलाई मृगौला दिने ‘भान्जी’, ओली साँझमात्र अस्पताल जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीकी नातामा ‘भान्जी’ पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिने भएकी छन्। प्रधानमन्त्री ओलीलाई दोस्रो पटक झापा चारआलीकी समीक्षाले मृगौला दिने भएकी हुन् ।

समीक्षा प्रधानमन्त्री ओलीकी नातामा बुहारी पर्ने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण समीक्षा पनि प्रधानमन्त्री ओलीकी पनि ‘भान्जी’ नाता परेकी हुन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना हुने भएका छन्। बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका हुन् ।

आइतबार बिहान नेकपा सचिवालय बैठकमा सहभागी हुँदै दिउँसो पनि राजनीतिक भेटघाटमै ब्यस्तै भएका थिए । प्रधानमन्त्रीले साँझ बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि रातिसम्म लम्बिएको थियो।

सोमबार बिहान पनि प्रधानमन्त्री बैठकमा व्यस्त भएका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ। ‘प्रधानमन्त्री साँझमात्र अस्पताल जानुहुन्छ होला,’ बालुवाटार स्रोतले भन्यो।

प्रधानमन्त्रीले यसअघि आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताए पनि चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन् ।