१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताउनुभएको हो । उहाँले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गर्नुभयो ।

ओलीका नीति, विचार र उहाँले हाँसिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो । उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताउनु भयो ।

उपाध्यक्ष थापाले भन्नुभयो,‘उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नुभएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ । र पार्टीलाई छ । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ । त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको हो । यो नेतृत्वको सवालमा हाम्रो विधान महाधिवेशनमा पनि गम्भिर रुपमा छलफल चल्यो । र भर्खरै बसेको केन्द्रिय समिति बैठकमा पनि लिडरसिपको सवालमा गम्भिर रुपमा बहस भएर उहाँको आवश्यकता अहिले पनि देशलाई छ । र उहाँको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्छ । र देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सक्छ भन्ने कुराको निष्कर्षमा पुगेर यो निर्णय भयो । त्यो कोणबाट पार्टीलाई एकतावद्ध गर्ने, पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने हो । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको ।

अहिजेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने हो अर्थमा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो । हुनत अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनुभएको छ । केन्द्रिय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकतावद्ध नेतृत्व सहमतीका साथ अघि बढाउने केन्द्रिय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’ 

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।