५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा पनि बनेन सिटीहल



अ+ अ-

चितवन । दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ । विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ ।

विसं २०८२ जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार सिटीहलको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । तीनपटक म्याद थप गर्दा समेत निर्माणले गति लिन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद विसं २०८३ असार २५ गते सकिँदैछ ।

भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माणाधीनमा रहेको यस हलको निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको ‘डिजाइन’अनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो । केही दिनअघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिइएको र अहिले ट्रष्ट बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ ।” रु एक अर्ब २० करोड लागत अनुमान गरिएको सिटीहल निर्माण इन्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो ।

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो । हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ र दुईवटा लिफ्ट, प्रवेशद्वार, स्टेज, रिहर्सल कक्ष पनि रहनेछन् । मुख्य ब्लक ६ हजार ५०० वर्गमिटरमा निर्माण हुनेछ । रासस