१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

‘संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधन हुनुपर्छ’

‘संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधन हुनुपर्छ’
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ ।

सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलिय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव राप्रपाले गरेको हो ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गर्न संविधान संशोधन हुनुपर्ने प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तारुढ दलले संविधान संशोधनका कुरा झिकेर ठिकै गरेको छ । व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभएर जनताका लागि संशोधन अगाडी बढाउन आग्रह गर्दछु । संविधान संशोधन गर्ने नै हो भने सत्तारुढ दल र प्रतिपक्षी दलले समेत सहमति गरी ४० हजार जनप्रतिनिधि र तीन तहको संरचना हटाऔँ । संवैधानिक अंगहरुमा हुने नियुक्तिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔँ । निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्व समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गरौँ । दलिय राजनीति भन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौँ ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले चीनबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेको भएपनि अन्य कोरोना प्रभावि क्षेत्रबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हवार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाउनुभयो । बडुले यसबाट पर्न जाने जोखिम प्रति सरकार कति संवेदनशील छ भन्दै प्रश्न गर्नुभयो । विश्व स्वास्थ्य संगठनले समेत नेपाल लगायतका दक्षिण एसियाली देशहरु उच्च जोखिमा रहेको घोषणा गरेको सन्र्दभमा सबैलाई आश्वस्त पार्ने गरी सदनमा जानकारी गराउन पनि सरकारसँग आग्रह गर्नुभयो ।

संसदको अधिकारको अपमान गर्दै मन्त्रिपरिषद्ले इन्धनमा पूर्वाधार विकास कर दोब्बरले बढाएको प्रति उहाँले आपत्ति जनाउनुभयो । सरकार राजस्व उठाउन असफल भएका कारण जनतामाथि व्ययभार थप्न कर बढाइएको उहाँले बताउनुभयो । यसको विषयमा सरकारले जवाफ दिनुपर्ने माग उहाँले गर्नुभयो । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महिन्द्र राय यादवले पूर्वाधार विकास कर बढाउने सरकारको निर्णय संवैधानि मूल्य र मान्यता विपरित भएको बताउनुभएको छ । संसद चलिरहेको अवस्थामा सरकारले चोरबाटोबाट कर बढाउने निर्णयल सार्वभौमसत्ता र संसदप्रति अपमान गरेको उहाँले बताउनुभयो । उहाँले अव उप्रान्त कुनै कर लगाउनुपर्ने अवस्थामा संसदबाट निर्णय गर्नुपर्ने र सन्तुलित रुपमा विकास बजेट विनियोजन गर्नेपर्ने बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद देवेन्द्र पौडेलले कोरोना भाइरसका कारण विश्व नै भयावह वातावरणमा रहेको अवस्थामा सरकारले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले राज्यकोषको ढुकुटीमा २ खर्बभन्दा बढी रकम संचित रहेको र त्यसलाई विनियोजन गरी विकास निर्माणका कामहरु दृढताका साथ अगाडी बढाउन आग्रह गर्नुभयो । राष्ट्रिय गौरबका योजनाहरुम भइरहेको ढिलासुस्तीका विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले ५ वर्षमा विकास निर्माणका काम पुरा गर्ने प्रतिवद्धता गरेपनि घोषणाअनुसार काम नभएको गुनसो उहाँले गर्नुभयो । विकासे आयोजनाहरु छनोटका लागि विज्ञहरुको टोली बनाएर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले संक्रमणकालिन न्यायलाई अगाडी बढाउन अनुरोध गर्नुभयो ।