१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड



अ+ अ-

काठमाडौँ। नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ ।

साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

त्यस अवसरमा उहाँहरूबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो । रासस