इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्यामले १-१ गोलले बराबरी खेलेका छन् ।
युनाइटेडका डिएगो डालोटले ५८औं मिनेटमा पहिलो गोल गरेका भए पनि त्यसलाई युनाइटेडले जोगाउन सकेन । वेस्टह्यामका लागि मिडफिल्डर सोनगाउटाउ मागास्साले ८३औं मिनेटमा गोल गरेर म्यान्चेस्टरलाई हिस्स पारे ।
यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेड १४ खेलबाट २२ अंक सहित आठौं स्थानमा छ । वेस्टह्याम भने १२ अंक सहित रेलिगेसन जोनमै छ ।
प्रिमियर लिगमा यस साता १४ खेल सम्पन्न भएका छन् । अंक तालिकामा आर्सनल १४ खेलबाट ३३ अंक सहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २८ अंक छ भने तेस्रो स्थानको एस्टन भिल्लाको २७ अंक छ ।
त्यसैगरी चौथो स्थानमा चेल्सीको २४, पाँचौं स्थानको क्रिस्टल प्यालेसको २३ अंक छ ।
खराब फर्मसँग जुधिरहेको डिफेन्डिङ लिग लिडर लिभरपुल भने २२ अंक सहित नवौं स्थानमा छ ।










