२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बनेपाबाट रोशी जाँदै गरेको बस दुर्घटना रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ सम्पन्न



अ+ अ-

काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँ मा हिजो सफलतापूर्वक सम्पन्न भएको छ।

सौन्दर्य, आत्मविश्वास, प्रतिभा र प्रेरणाको अद्भुत संगम बनेको उक्त प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए।

प्रतियोगिताको मिस तर्फ बाट प्रबिना कुँवर विजेता घोषित हुँदै ‘मिस युनिभर्सल २०२५ (सिजन ४)’ को उपाधि जित्न सफल भइन्। त्यस्तै, नियति राना मगर प्रथम उपविजेता तथा अर्पना मगराती द्वितीय उपविजेता घोषित भइन्।

यस्तै, मिसेस तर्फ बाट सोनिका लामा विजेता घोषित भइन् भने समीना न्यौपाने प्रथम उपविजेता र रिहा महर्जन द्वितीय उपविजेता घोषित भइन्।

विजेतालाई शीर्ष प्रायोजक नेपाल मोटर्स द्वारा प्रदान गरिएको ईभी स्कुटर पुरस्कार स्वरूप प्रदान गरिएको थियो। साथै अन्य उपविजेता तथा सहभागीहरुलाई प्रमाणपत्र, उपहार तथा सम्मानपत्र प्रदान गरिएको थियो।

स्पार्कल इन्टरटेन्मेन्टले यस कार्यक्रममार्फत सौन्दर्य प्रतियोगितालाई मात्र नभई आत्मविश्वास, नेतृत्व क्षमता र नारी सशक्तिकरणको सन्देशलाई समेत प्रवर्द्धन गरेको आयोजकले जनाएको छ। प्रतियोगिताले धेरै युवतिहरूको आत्मविश्वास र क्षमताको उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिइएको छ।

यस भव्य समारोहमा विभिन्न विशिष्ट व्यक्तित्व, निर्णायक मण्डल, प्रायोजक, अतिथि तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।