२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको रुपान्तरणकारी आयोजनामा कुन कुन परियोजना छन ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगले समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडी बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले गेम चेन्जरका रुपमा लिइएको १८वटा रुपमान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेस गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । यस्ता आयोजना खासगरी आर्थिक वृद्धिको पथ परिवर्तन गर्ने आयोजनाहरु भएको आयोगले जनाएको छ । यस्ता आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजनाहरु समावेस गरिएको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजना भन्दा महत्वपूर्ण आयोजनाहरुलाई रुपमान्तरणकारी आयोजनामा समावेस गरिएको बताउनुभयो । उहाँले पूर्वाधार विकास मात्र नभएर सामाजिक विकासका कार्यक्रमहरु पनि उत्तिकै महत्वका भएकाले समाज रुपमान्तरणका लागि रुपान्तरणकारी आयोजनाको पहिचान गरी कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उपाध्यक्ष कँडेलले सरकारले कतिपय राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन गर्न नसकेको भएपनि समाजको विकास, समृद्धि र सुखको आधार निर्माण गर्न रुपान्तरणकारी आयोजनाहरु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले रुपान्तरणकारी आयोजनामा रहेका १८ वटा कार्यक्रमको कुल लागत २५ खर्ब रुपैयाँ रहेको बताउनुभयो ।
आयोगले कुल गार्हस्थ उत्पादनमा कम्तिमा शुन्य दशमलव ५ प्रतिशत योगदान दिने, विषय क्षेत्रगत प्रमुख लक्ष्यमा कम्तिमा २० प्रतिशत योगदान दिन सक्ने, कम्तिमा ४० हाजारलाई प्रत्यक्ष्य तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कार्यान्वयन चरणमा कम्तिमा १० लाख र परियोजना सम्पन्न भएपछि २० लाख जनसंख्या लाभान्वित हुने र विषय क्षेत्रगत र प्रादेशिक सन्तुलन कायम भएका परियोजनालाई रुपमान्तरणकारी आयोजनामा समावेस गरेको हो ।

आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना र उच्च प्राथमिकता आयोजनामा १ सय १७ अयोजनालाई १५ औं योजनामा समावेस गरेको छ । समृद्धिको आधार निर्माण गर्ने, नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउने र देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्ने लक्ष्य १५ औं योजनाको छ । त्यसका लागि सरकारले तोकेका राष्ट्रिय गौरव, रुपान्तरणकारी आयोजना र उच्च प्राथमिकतामा राखेर आयोजनाहरुलाई कार्यान्वयन गर्न लागेको हो । यी सबै परियोजनाका लागि करिब ९२ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ लगानी लाग्ने छ । लगानीको व्यवस्थापन सार्वजनिक, निजी तथा सहकारी क्षेत्रबाट गर्ने योजना समेत आयोगको छ ।

रुपान्तरणकारी आयोजनामा समावेस भएका कार्यक्रम