१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी



फाइल फोटो
अ+ अ-

झापा। झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ ।

एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ अङ्कले तीन सेटमा आर्मीलाई पराजित गरेको थियो भने आर्मीले २२–२५ अङ्कले एउटा सेट आफ्नो पक्षमा पारेको थियो । खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

यसैगरी आजको दोस्रो खेलमा न्यू डायमन्ड क्लबलाई हराउँदै नेपाल पुलिस विजयी भयो । पुलिसले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

शुक्रबार पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिबल टोली र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा बाँडिएको छ ।

अर्जुनधारा–६ स्थित लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख तथा तेस्रो र चौथो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् ।रासस