१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
अ अ+ अ-

काठमाडौँ । दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा काठमाडौँ क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।

उपाधिसहित ग्रेट हिमालयले रु एक लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको केसीटिसीले रु ७५ हजार प्राप्त ग¥यो । केसीटिसीले जितका लािग दिएको ११५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले ५७ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ग्रेट हिमालयका प्रशान्त सिंहले ३० बलमा दुई चौकासहित १६ रनको अविजित पाली खेले ।

त्यसैगरी आयुष बस्नेतले २४, अभिषेक बस्नेतले १९, सङ्गीत बुढाथोकीले १६ तथा राशिद खानले १८ रनको योगदान दिए । बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले छ विकेट लिँदा सूर्य तामाङले दुई तथा विविन आचार्यले एक विकेट झारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर तीन बलमा ८० रनमा समेटिएको थियो । उसका लागि विवेक राना मगरले १८ रन जोडे भने सचिन लखाहले १४, निर्भीक पाठकले १३ तथा सुर्य तामाङले ११ रन जोडे । ग्रेट हिमालयका अरियो पौडेलले तीन विकेट लिँदा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खानले एक विकेट हात पारे ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि केसिटिसीका सूर्य तामाङ घोषित भए । उनले रु २५ हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसिटिसीका तिलक भण्डारी घोषित भए । दुवै खेलाडीले जनही रु दश हजार प्राप्त गरे । त्यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामग्री प्राप्त गरे ।