२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले १७० रनको लक्ष्य खडा गरेको छ । टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १६९ रन जोड्यो ।

उसका लागि क्रिश लिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनी रिटायर्ड हर्ट भए । ५६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अविजित २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ तथा पुनित मेहराले १३ रन जोडे ।

बलिङतर्फ चितवनका सैफ जइबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक–एक विकेट लिए ।