१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल बराबरीमा रोकियो, चेल्सी पराजित, आर्सनलको जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकाल्दा लिभरपुलले बराबरी खेलेको छ भने चेल्सीले हार ब्यहोर्यो ।

गएराति भएका खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको हो । घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ११ औं मिनेटमा मिकेल मेरिनोले तथा खेल सकिनै लाग्दा इन्जुरी समयमा बुकायो साकाले गोल गरे ।

यता, लिभरपुल घरेलु मैदानमै सन्डरल्यान्डसँग १–१ को बराबरीमा रोकियो । ६७ औं मिनेटमा चेम्सडीन तल्बीले गोल गर्दै सन्डरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा सन्डरल्यान्डका नोड्री मुकीलेले आत्मघाती गोल गरेपछि लिभरपुल हारबाट जोगियो र अंक बाँड्यो ।

यस्तै, अर्को खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३–१ गोलले पराजित हुन पुग्यो । घरेलु टोलिलाई जित दिलाउन छैटौं मिनेटमा जाका ब्रिजोलले, ४३ औं मिनेटमा ओ टनाका र ७२ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरे । यता, ५० औं मिनेटमा पेड्रो नेटोले गरेको गोल चेल्सीका लागि सान्त्वना गोल हुन पुग्यो ।